• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

सावधान! नेपालका यी २४ स्थानमा जमिन भासिने खतरा (नामसहित)


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालका २४ स्थानमा जमिन भासिने गम्भीर खतरा देखिएको छ। खानी तथा भूगर्भ विभाग र भौगर्भिक अध्येताहरूले २०५५ सालदेखि गरेको अध्ययन अनुसार तराई, मधेश र पहाडी जिल्लासहित देशका धेरै भूभाग सिङ्कहोल बन्ने जोखिममा छन्।

हालै मकवानपुरको हेटौँडामा सडकमा गुडिरहेको गाडी जमिन भासिएर हराएको घटना सार्वजनिक भएपछि यस्तो जोखिमबारे थप चासो बढेको हो। विभागका भूगर्भविद् डा. नारायण अधिकारीका अनुसार घटनास्थलमा ११ मिटर गहिरो खाल्डो बनेको छ।

भूगर्भ विभागका उपसचिव शिवकुमार बास्कोटाका अनुसार जमिन भासिने खतरा रहेका प्रमुख स्थानहरूमा झापा (भद्रपुर, दमक), मोरङ (विराटनगर), सुनसरी (धरान), धनुषा (जनकपुर), महोत्तरी (बर्दिबास, जलेश्वर), पर्सा (वीरगन्ज), मकवानपुर (हेटौँडा), काठमाडौँ, नुवाकोट, चितवन (भरतपुर), कास्की (पोखरा), तनहुँ (दमौली), रुपन्देही (बुटवल, भैरहवा), दाङ (तुलसीपुर), बाँके (नेपालगन्ज), बर्दिया (गुलरिया), सुर्खेत, कैलाली (धनगढी, टीकापुर) र कञ्चनपुर (महेन्द्रनगर) रहेका छन्।

वरिष्ठ भूगर्भविद् प्राडा मेघराज धितालका अनुसार पोखरा सिङ्कहोलको सबभन्दा बढी जोखिममा परेको क्षेत्र हो। भूमिगत पानीले नरम माटो वा चट्टान घोलेर भित्रैबाट भासिएको भूगोलमा संरचना निर्माण गर्दा झन् खतरा बढ्ने उनले बताएका छन्।

खानी तथा भूगर्भ विभागका महानिर्देशक मोनिका झाले जोखिमयुक्त स्थानहरूको पहिचान गरी स्थानीय तहलाई सचेत गराउने कार्य भइरहेको जानकारी दिइन्। तर उनले कतिपय स्थानीय निकायले विभागको सुझाव कार्यान्वयन नगरेकोप्रति चिन्ता व्यक्त गरिन्।

भूगर्भिक अध्ययन बिना संरचना निर्माण गर्दा भविष्यमा गम्भीर दुर्घटना हुन सक्ने भएकाले विज्ञहरूले सावधानी अपनाउन सुझाव दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖