• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

यसरी बस र भ्यान ठोक्किँदा युवतीको घटनास्थलमै मृत्यु


  • धनकुटा खबर
  • .

रौतहट । सर्लाहीको रानिगन्जमा बस र म्याजिक भ्यान ठोक्किँदा एक युवतीको घटनास्थलमै मृत्यु भएको छ। उक्त दुर्घटनामा आठ जना घाइते भएका छन्। लालबन्दी नगरपालिका १७ स्थित रानिगन्जको घिमिरे चोकमा सोमबार अपरान्ह पौने ५ बजेतिर दुर्घटनामा भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार विराटनगरबाट मलङ्गबारका लागि छुटेको ना.६ ख ७२२७ नम्बरको बस र लालबन्दीबाट बयलवासतर्फ जाँदै गरेको ना. १ ज २६४५ नम्बरको भ्यान ठोक्किँदा भ्यानमा सवार रानिगन्जकै २२ वर्र्षीया युवती सोना पन्तको घटनास्थलमै मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रसिंह जोहारीका अनुसार राजमार्ग विस्तार गर्न बनाइएको डाइभर्सन भएको ठाउँमा दुर्घटना भएको छ। दुर्घटनामा घाइते भएकाको स्थानीय मोडेल अस्पतालमा उपचार भईरहेको उनले जानकारी दिए।

मृतक युवतीको शव सोही अस्पतालमा रहेको र दुर्घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖