• Monday 5th of October 2026

वारः२ का लागि ऋतिकले ४८ करोड पाउँदा एनटिआरकाे भने आधा रकम


  • धनकुटा खबर
  • .

मुम्बई, ८ जेठ । यशराज फिल्मसको ‘वार २’ यस वर्षको सबैभन्दा प्रतिक्षित बलिउड चलचित्र मध्ये एक हो। 

 

यशराज ब्यानरमा बनेको यस चलचित्रमा ऋतिक रोशन फेरि एकपटक र एजेन्ट कबीर धारिवालको भूमिकामा दुश्मनसँग लड्दै गरेको देखिने भएका छन्।

 

तर, उनको यो लडाई यसपटक भने सहज हुनेवाला छैन् किनभने उनको अगाडि साउथका सुपरस्टार जुनियर एनटीआर छन्, जो अयान मुखर्जी निर्देशित फिल्मबाट बलिउडमा डेब्यु गर्दैछन् ।

 

फिल्ममा कबीरको भूमिका खेलेर ऋतिक रोशनले जुनियर एनटीआरलाई कसरी जित्छन् ? यो त वारः २ रिलिज पछि मात्रै थाहा हुनेछ तर शुल्कको हिसाबले भने बलिउडका रोशनले आरआरआर स्टारलाई निकै नै जितेका छन्। ऋतिकले जुनियर एनटीआर भन्दा झन्डै डबल पारिश्रमिक लिएका छन् ।

 

ऋतिक रोशनले केही समयदेखि बलिउडमा पैसा कमाइरहेका छैनन तर पनि उनको पारिश्रमिकमा कुनै कटौती भएको छैन्र किनभने वारको सिक्वेलको सम्पूर्ण भार उनको काँधमा रहेको छ। तसर्थ, रिपोर्टहरू अनुसार निर्माताहरूले अभिनेतालाई उनको माग गरिएको बराबरको रकम दिन पछि हटेका छैनन्, छात्ति फुलाएर ऋतिक माथी पैसा खन्याएका छन् ।

 

द सियासत डेली डट कमका अनुसार देवाका लागि करिब ६० करोड भारु लिएका जुनियर एनटीआरले आफ्नो बलिउड डेब्यु फिल्मका लागि भने ३० करोड भारु मात्रै लिएका छन जबकी ऋतिक रोशनले यस फिल्मबाट ४८ करोड भारु लिएका छन । 

त्यसो त जुनिएर एनटिआरको जन्मदिनमा रिलिज भएको वारः २ को टिजरले भ्युको हिसाबले सुस्त सुरुवात गरेको थियो तर अहिले ऋतिक रोशन जुनियर एनटीआरको फिल्मको यो टिजर युट्युबमा ट्रेन्डिङ नम्बर १ मा रहेको छ। पछिल्लो २४ घण्टामा यो टिजरलाई २ करोड १९ लाखभन्दा बढीले हेरेका थिए, जो अहिले पनि लगातार बढीरहेको छ।
 

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖