• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

माओवादीका महासचिव नै मारिए, अहिलेसम्मकै सबैभन्दा उच्च नेता मारिएको दाबी


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले छत्तीसगढको नारायणपुरमा माओवादीहरू विरुद्धको अपरेशनको बारेमा जानकारी दिएका छन्।

गृहमन्त्रीले आज सुरक्षा बलसँगको भिडन्तमा २७ माओवादी मारिएको बताएका छन्, जसमा भारतीय कम्युनिष्ट पार्टी-माओवादी (सीपीआई-माओवादी) का महासचिव नम्बाला केशव राव उर्फ ​​बसवराजु पनि समावेश छन्।

“नक्सलवाद उन्मूलन गर्ने लडाइँमा ऐतिहासिक उपलब्धि । आज छत्तीसगढको नारायणपुरमा भएको एक कारबाहीमा, हाम्रा सुरक्षा बलहरूले २७ जना खतरनाक माओवादीहरूलाई मारेका छन्, जसमा सीपीआई-माओवादी महासचिव, शीर्ष नेता र नक्सलवादी आन्दोलनका मेरुदण्ड नम्बाला केशव राव उर्फ ​​बसवराजु पनि समावेश छन्,” अमित शाहले ट्विटरमा पोस्ट गरे।

शाहले लेखेका छन्, “नक्सलवाद विरुद्धको भारतको लडाईंको तीन दशकमा हाम्रा सेनाले महासचिव स्तरका नेतालाई मारेको यो पहिलो पटक हो । म यो ठूलो सफलताको लागि हाम्रा बहादुर सुरक्षा बल र एजेन्सीहरूको प्रशंसा गर्दछु।”

यसबाहेक, अमित शाहले अपरेशन ब्ल्याक फरेस्ट पूरा भएपछि छत्तीसगढ, तेलंगाना र महाराष्ट्रमा ५४ नक्सलवादी पक्राउ परेको र ८४ नक्सलवादीले आत्मसमर्पण गरेको जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖