• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु


  • धनकुटा खबर
  • .

चितवनमा बस र इभी कार ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

आज (शुक्रबार) बिहान १ः४५ बजेको समयमा खैरहनी नगरपालिका–२ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा उदयपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्वरको बस र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्वरको कार एक आपसमा ठाक्कर खाएका थिए ।

सो ठक्करबाट कार चालक खैहरनी नगरपालिका ८ बस्ने ४२ वर्षिय प्रदिप तिमिल्सिना गम्भिर घाइते हुनुभएको थियो । उहाँको उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याइएकोमा बिहान ३ः०५ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो ।

बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖