• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

रास्वपा सभापति रवि लामिछानेका सहयात्री दीपक बोहरा लेख्छन् : लेख्न त मन खुब छ, श्रीमान! तर “न्यायाधीशलाई गाली नगर्नू” भन्ने आदेशै आएछ रे!


  • धनकुटा खबर
  • .

रास्वपा सभापति रवि लामिछानेका सहयात्री दीपक बोहरा लेख्छन् –

“लेख्न त मन खुब छ, श्रीमान!
तर “न्यायाधीशलाई गाली नगर्नू” भन्ने आदेशै आएछ रे!
हुन्छ, सम्मान गरौँ न्यायालयको आदेश,
त्यही सम्मानमा लेख्दैछु –
सहकारी ठगहरू खुला आकाशमा रमाउँदै,
रवि लामिछाने चाहिँ हिरासतको चिसो छायाँमा ?
ती सहकारी पीडितहरूले न्याय पाउने चाहिँ कहिले ?

श्रीमान, तपाईंले फैसला लेख्न समय लिनुभयो
मलाई पनि लेख्न “थोरै टाइम” दिनुहोस् —
फोन घुमाउनुछ, तथ्य खोज्नुछ, सत्य सोध्नुछ
किनभने म लेख्ने हो — सत्य अनि तथ्य !

श्रीमान, संविधान तपाईंको हत्केलामा थियो,
तर न्यायको ग्यारेन्टी अदालतले गर्न सक्यो त?
त्यसोभए अब लेखौँ —
नयाँ संविधान, न्यायसंगत न्यायालयसहित!

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖