• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

नख्खुको बाढीमा बाबुछोरी बचाउने चणिकलाल तामाङलाई सम्मान गर्दै सरकार


  • धनकुटा खबर
  • .

काठमाडौँ – नख्खुको बाढीमा बाबुछोरी बचाउने चणिकलाल तामाङलाई सरकारले सम्मान गर्ने भएको छ । गणतन्त्र दिवसका दिन बागमती प्रदेश सरकारले डेढ लाख पुरस्कार राशीसहित सम्मान गर्न लागिएको हो ।

तामाङले साहसको प्रदर्शन गर्दै भेलमा पौडिएर रौतहटका राजु साह र उनकी छोरी ६ वर्षीय मेघना शाहलाई बचाएका थिए ।

गत वर्षको असोजमा भएको भारी वर्षाले काठमाडौं उपत्यका नराम्ररी प्रभावित बनेको थियो। सोही क्रममा असोज १२ गते ललितपुरको नख्खु खोलामा आएको बाढीले धेरैको ध्यान खिचेको थियो।

नख्खु खोला छेउको बस्तीमा पस्दा एक टिनको टहरामा बस्ने परिवार घण्टौँसम्म टहरोको छतमा बसेर उद्धारको याचना गरिरहेका थिए। तर समयमै उद्धार हुन नसक्दा टहरो भत्किएर त्यहाँ रहेका चारै जना बगेका थिए।

बगेका एक जना आफै पौडिएर जोगिएका थिए भने दुई जनाको ज्यान काभ्रेको तेमाल गाउँपालिका–९ का चणिकलाल तामाङले बर्खे भेलमा पसेर जोगाएका थिए।

प्रदेश सरकारले मुख्यमन्त्री बहादुर सिंह लामाको संयोजकत्वमा रहने प्रदेशस्तरीय गणतन्त्र दिवस २०८२ मूल समारोह समितिले चणिकलाललाई उक्त पुरस्कारसहितको सम्मान गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖