कलयुगमा तीन प्रकारका मान्छेहरू सधैं दुःखमा हुन्छन्
१• सहयोगी मन भएका मान्छे
२• इमान्दार मान्छे
३• शुद्ध मन भएका मान्छे ।
हजुर हो, जसले सधैं अरूको भलो सोच्छ, जसले कहिल्यै फाइदाको हिसाब नगरी अरूका आँसु पुछ्ने गर्छ त्यही सहयोगी मान्छे
सबैभन्दा धेरै तिरस्कृत हुन्छ।
जो इमान्दार छ, जसले चाकरी गर्दैन, झूट बोल्दैन,आफ्नो बाटो सिधा राख्छ, उही मान्छेलाई पछाडि पारिन्छ, हेला गरिन्छ, अनि छायांमा पारिन्छ।
जुन मान्छेको शुद्ध मन हुन्छ, जसको मनमा लोभ छैन,
ईर्ष्या छैन, द्वेष छैन, आज उसलाई मूर्ख ठानिन्छ,उसको सरलतालाई मजाक बनाइन्छ।
चाकरी गर्ने, राम्रोसँग कुरा बनाएर झूट बोल्ने,
तलदेखि माथिसम्म चिप्लो घस्ने मान्छे समाजको नजरमा राम्रो बन्ने गर्छ।
साचो बोल्ने, सिद्धान्तमा अडिने, मानवताको पक्षमा उभिने मान्छे
समाजमा एक्लो देखिन्छ साथै उसलाई हाँसोको पात्र बनाइन्छ।
तर यिनै एक्ला र चुपचाप सहिरहेका आफ्नै आँसु लुकाएर अरूलाई हसाउने यी मान्छेहरू नै भोलिको उज्यालोका मूल आधार हुन्।
समाजले बुझेको छैन तर इतिहासले लेख्नेछ, सत्ताको लोभमा भुल्नेहरू होइन, सत्यको बाटो रोज्नेहरू नै अमर हुन्छन्।
त्यसैले, यदि तपाईं पनि सहयोगी हुनुहुन्छ, इमान्दार हुनुहुन्छ,
शुद्ध मनको धनी हुनुहुन्छ भने दुःखी नहुनुहोस्,तपाईं नै यस कलयुगको ज्योति हो।।
