• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

तिनकुनेमा उफ्रिदै प्रहरीलाई ढुंगा हानेका पुस्कर खतिवडाले दिए सबैलाई चकित पार्ने बयान


  • धनकुटा खबर
  • .

काठमाडौ । चैत १५ गते भएको तीनकुनेमा राजावादीको हिंस्रक प्रदर्शनमा सहभागी भएका धर्मगुरु भनेर चिनिने पुस्कर खतिवडाले २/३ ढुङ्गा प्रहार गरी त्यहाँबाट निस्किएको बताएका छन् ।

प्रहरीसँगको बयानमा उनले प्रहरीले अश्रुग्यास प्रहार गरेपछि ढुङ्गा हानेको र तत्काल सो स्थानबाट निस्किएको बताएका हुन् ।

आफू कुनै पार्टीको सदस्य नरहेको, हिन्दू राष्ट्रको समर्थक भएकाले स्वतन्त्र नागरिकका हिसाबले त्यहाँ आन्दोलनमा सहभागी भएको बयानमा उनले बताएका छन् । स्टेजमा रहँदा आन्दोलनका कमाण्डर दुर्गा प्रसाईले निजी सम्पत्तिमा असर नगरी पार्टी कार्यालय र कान्तिपुर कार्यालय तोडफोड गर्न फोनमार्फत निर्देशन दिएको पनि आफूले सुनेको उनले बताएका छन् ।

प्रसाईँले नै निर्देशन दिएपछि भाटभटेनी, कान्तिपुर र पार्टी कार्यालयमा तोडफोड भएको बयान उनले दिएका छन् । आफूले ढुङ्गा हान्नेबाहेक अन्य तोडफोड र आगजनी नगरेको उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖