• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

डिभोर्स गरेर अर्को बिहे गरेकी श्रीमती र २ छोरीलाई घरमा बोलाइ हत्या, दाजुको हत्यापछि आममाफीमा छुटेका थिए आरोपी


  • धनकुटा खबर
  • .

बुटवल । बुटवलमा आमा र उनका २ सन्तानको विभत्स हत्या भएको छ । बुटवलकोको होराइजन चोक स्थित मिलिजुली पथमा घटना भएको हो ।

३१ वर्षीया दिपा बस्याल र उनका दुई छोरीहरु ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया नानी बस्यालको हत्या भएको हो । हत्या आरोपमा प्रहरीले ३२ वर्षीय सुजन कोइरालालाई नियन्त्रणमा लिएको छ । सुजन दीपाका पूर्वपति हुन् ।

महिला यी आरोपीसँग सम्बन्धविच्छेद गरेर अर्कैसँग बिहे गरेर गइसकेकी थिइन् । पूर्वपतीले पीडित महिलालाई आफ्नै घरमा बोलाई बुधबार बिहान ४ बजेतिर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हत्यामा हथौडा र चक्कु प्रयोग गरिएको छ ।

प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖