• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

ट्रकभित्र ४ वटि राउटे युवतीलाई राखेर…१५ सेकेण्डको भिडियोमा के छ ?


  • धनकुटा खबर
  • .

नेपालको लोपोन्मुख र घुमन्ते आदिवासी समुदाय राउटे अहिले सामाजिक हिंसा र यौन दुर्व्यवहारको बढ्दो जोखिममा छन्। पछिल्लो समय सामाजिक सञ्जालमा सार्वजनिक हुने भिडियोहरूले यो समुदायका युवतीहरूमाथि दुर्व्यवहार र सोझोपनाको गलत फाइदा उठाउने प्रवृत्ति गम्भीर बन्दै गएको देखिन्छ।

केही दिनअघि ‘घर्ती जगत’ नाम गरेका फेसबुक प्रयोगकर्ताले सार्वजनिक गरेको १५ सेकेण्डको भिडियोमा ट्रकभित्र चार जना राउटे युवतीलाई अश्लील हर्कत गर्दै गरिएको दृश्य देखिन्छ। युवतीहरू असहज हुँदै रिसाएका भए पनि भिडियो खिचिनेक्रम रोकिएको थिएन।

राउटे समुदाय हाल सुर्खेतका दुई स्थान—वीरेन्द्रनगर–१४ गढी र वीरेन्द्रनगर–१३ करेखोलामा विभाजित बस्तीमा बसोबास गर्दै आएको छ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका कार्यकारी प्रमुख हिरासिंह थापा भन्छन्, “भिडियोमा देखिएको व्यवहार हिंसाकै रूप हो। यस्ता हर्कत गर्नेलाई अविलम्ब कानुनी दायरामा ल्याइनु पर्छ।” उनले राउटे युवतीको असुरक्षा र अस्मिता माथि खेलबाड भइरहेको भन्दै तत्कालीन हस्तक्षेपको माग गरेका छन्।

राष्ट्रिय मानव अधिकार आयोगले हालै प्रकाशित ‘राउटे मानव अधिकार अवस्था अध्ययन प्रतिवेदन–२०८१’ मा बाह्य समाजसँगको सम्पर्कपछि राउटे युवतीहरू यौन हिंसाको शिकार बन्न थालेको उल्लेख छ।

२०७८ साल जेठ २१ गतेको चर्चित घटनामा पनि जबरजस्ती मदिरा खुवाएर दुई युवतीमाथि दुर्व्यवहार गरिएको थियो। सो घटनामा संलग्न दुई युवालाई जिल्ला अदालतले सात/सात वर्ष कैद र दुई/दुई लाख जरिवानाको सजाय सुनाएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖