काठमाडौँ । एक चिनियाँ प्यारग्लाइडर उछिट्टिएर ८ हजार ५ सय मिटरमाथि आकाशमा पुगेका छन् । चिनियाँ प्यारग्लाइडर पङ युजिआङ दुर्घटनावस उछिट्टिएर ८ हजार ५ सय मिटरमाथि आकाशमा पुगेका हुन् ।
बीबीसीका अनुसार चिनको चिल्येन पर्वतमाला तीन हजार मिटर उचाईमा हुँदा पोसाक जाँच्ने क्रममा उनलाई अस्वाभाविक रुपमा हावाले माथितिर तानेको भिडियोमा देखाइएको छ ।
तल झर्ने क्रममा आफू केहीसमय अचेत अवस्थामा पुगेको उनले बताए । अनाधकृत उडान गरेकाले पङलाई ६ महिनाका लागि निलम्बन गरिएको छ ।
यो उचाईमा निकै कम अक्सिजन हुने र मानिस बाँच्ने सम्भावना कम हुने गर्छ ।
