• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

यसरी मेलम्ची खोलामा फस्यो भूमिमन्त्री अधिकारी सवार गाडी


  • धनकुटा खबर
  • .

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सवार गाडी नदीमा फसेको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका शेरास्थित मेलम्ची खोलाको रातो पुलमा शनिबार दिउँसो खोला तर्ने क्रममा मन्त्री अधिकारी सवार गाडी फसेको हो ।

उक्त गाडी केहीबेर खोलामा फसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रहरीका अनुसार गाडीको उद्धार भइसकेको छ । प्रहरीले बताए अनुसार, कार्यक्रमका लागि जाने क्रममा मन्त्री अधिकारीको गाडी खोलामा फसेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖