• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

मेलम्ची खोलामा भूमिमन्त्री अधिकारी सवार गाडी फस्यो


  • धनकुटा खबर
  • .

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सवार गाडी सिन्धुपाल्चोकको मेलम्ची खोलामा फसेको छ।

शनिबार दिउँसो हेलम्बु गाउँपालिका–५ स्थित रातो पुल हुँदै खोलो पार गर्ने क्रममा मन्त्री अधिकारी चढेको गाडी अचानक खोलामा फसेको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार केहीबेरमै गाडीको सफलतापूर्वक उद्धार गरिएको छ।

मन्त्री अधिकारी एक कार्यक्रमका लागि सो क्षेत्रमा जाँदै गरेका थिए। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖