• Sunday 4th of October 2026

कोरोनाले भारतमा २४ घण्टामा ४ जनाको मृ’ त्यु


  • धनकुटा खबर
  • .

भारतमा फेरि कोरोना संक्रमणका घटनाहरू बढ्दै गएका छन्। भारतकाे स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार देशमा सक्रिय कोरोना बिरामीको संख्या ३३९५ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ६८५ नयाँ संक्रमित बिरामी पहिचान भएका छन् भने १,४३५ बिरामी निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

यसैबीच पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ। जसमा छत्तीसगढ, कर्नाटक, केरला र उत्तर प्रदेशका एक–एक जना बिरामी रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖