• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

घर लुट्न आएको डाँका समूहको धारिलो हतियार र गोली फायरिङमा एक जनाको मृत्यु, एक घाइते


  • धनकुटा खबर
  • .

सप्तरीको सुरुङ्गा नगरपालिकामा डकैतीपछिको धारिलो हतियारको प्रहार र गोली फायरिङका कारण एक जनाको मृत्यु भएको छ ।

सप्तरी प्रहरीका अनुसार आज राति १ बजे सुरुङ्गा नगरपालिकाको वडा नम्बर ८ स्थित कान्तलाल चौधरीको घरमा अपरिचित समूह लुटपाट गर्न आएको थियो । सोही क्रममा धनमाल चोरी गर्न नदिँदा अपरिचित डाँका समूहले प्रहार गरेको धारिलो हतियार र गोली फायरिङ्गका कारण घरधनी चौधरीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

सो क्रममा अर्का एक जना गम्भीर घाइते भएका छन्। मृतकका चौधरीलार्इ बचाउन जाँदा छिमेकी रामाकान्त चौधरी घाइते भएका हुन्।

सप्तरी प्रहरीका अनुसार डकैत समूहद्वारा भएको धारिलो हतियारको प्रहार र गोली फायरिङ्गका कारण चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

तर गोली लागेर हो वा धारिलो हतियारको प्रहारले चौधरीको मृत्यु भएको हो भन्नेबारे अहिलेसम्म यकिन नभइसकेकोले घटनाको सूक्ष्म अनुसन्धान चलिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖