• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकामा एउटै घरमा चार नेपाली मृत फेला, हत्या हो वा आत्महत्या ?


  • धनकुटा खबर
  • .

काठमाडौं । अमेरिकामा एउटा घरमा चारजना नेपाली मृत फेला परेका छन् । भर्जिनियाको मानसास पार्कमा रहेको एक घरमा बिहीबार चारजना मृत फेला परेका हुन् ।

दुई बालबालिका र दुई वयस्कलाई गोली हानी हत्या गरिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीले हत्या हो अथवा आत्महत्या भनेर अनुसन्धान गरिरहेको एनबीसीवासिङटन अनलाइनले जनाएको छ ।

मृत्यु हुनेमा दुई वर्षीय बालक, आठ वर्षीया बालिका, ३८ वर्षका सन्तोष परियार र ३६ वर्षकी अञ्जु श्रेष्ठ रहेका समाचारमा उल्लेख छ ।
छिमेकीहरूले बताएअनुसार उनीहरू ६ महिनाअगाडि नेपालबाट अमेरिका गएका थिए ।

चारै जनाको शरीरमा गोली लागेको स्पष्ट चोट छ । गोली लागेका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट बन्दुक बरामद भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖