• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपाली काठमाडौँ आइपुगे


  • धनकुटा खबर
  • .

काठमाडौँ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ । उनीहरू चार्टर्ड विमानमार्फत भर्खरै त्रिभुवन विमानस्थलमा अवतरण भएका छन् ।

अमेरिकाबाट ३२ जना पुरुष र ५ जना महिला काठमाडौँ आइपुगेको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका एक जना अधिकृतले बताए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागू गरेपछि अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरू निष्कासनमा पर्ने गरेका छन् । यसअघि २०८१ फागुनमा अमेरिकाको टेक्सास राज्यबाट ९ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको थियो ।

आइतबार आएकाहरूसँगै ट्रम्पले शासन सम्हालेपछि अमेरिकाबाट डिपोर्ट हुने नेपालीको सङ्ख्या १६३ जना पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖