• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

आइसक्रिममा माउसुली भेटिएपछि…


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । लुधियानाको ग्यासपुराको सुन्दर नगरमा आइसक्रिममा माउसुली भेटिएपछि हङ्गामा मच्चिएको छ । एक जना सात वर्षीय बालकले सडकमा आइसक्रिम बेच्न बसेका व्यक्तिसँग २० भारुको दुई वटा चोको बार आइसक्रिम किनेका थिए ।

बच्चाले घर लगेर आइसक्रिम खान थाले । आधा आइसक्रिम खाइसकेपछि माउसुली देखियो । बच्चाले डराएर तत्कालै आफ्नी हजुर आमालाई जानकारी गरे । बच्चाको अवस्था बिग्रन नदिन उसलाई तुरुन्तै निजी अस्पताल लगियो । अहिले बच्चाको अवस्था ठिक भएको बताइएको छ ।

घटनापछि स्थानीय मानिसहरूले आइसक्रिम विक्रेतालाई समातेका थिए । यद्यपि, विक्रेताले आइसक्रिम कम्पनीबाट प्याक गरेर आउँछ भन्दै आफ्नो बचाउ गरेका थिए । बच्चाकी हजुरआमाले अनुरोध गरे पनि बिक्रेताले आइसक्रिम बेच्न छाडेनन् ।

त्यसपछि स्थानीय मानिसहरूले उनलाई फेरि समाते । घटनाको जानकारी बाहिर आएपछि जिल्ला स्वास्थ्य कार्यालयले सोमबार आइसक्रिमको नमुना सङ्कलन गर्दैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖