• Monday 5th of October 2026

आफ्नै साथीको सौता बन्न चाहन्थिन मधुवाला


  • धनकुटा खबर
  • .

मुम्बई, २७ जेठ । चालीस र पचासको दशकमा बलिउडमा यस्ता धेरै अभिनेत्री थिए, जसको सुन्दरता र अभिनयले संसारलाई अहिले पनि दीवाना बनाइरहेको छ ।

 

त्यो समयमा ती अभिनेत्रीहरूले धेरै हिट फिल्म दिएका मात्रै थिएनन, आफ्नो सुन्दरता र अभिनयको बलले उनीहरूले चाँडै नै दर्शकको मनमा राज गर्न पनि सफल भएका थिए ।

 

यद्यपी, उनीहरुमध्ये धेरै अभिनेत्रीहरु थिए, जसले चलचित्र जगतमा राज गरेर सानै उमेरमा संसार छाडनु परेको थियो आज हामी दुई त्यस्ता अभिनेत्रीको बारेमा कुरा गर्नेछौं, जो सिनेमा उद्योगका अनौठो हीरा समान थिए। र, यो पनि भनिन्छ कि उनीहरू जस्तो न हिजो कोही थिए, न अब पनि कहिल्यै हुने छन्। दुबै अभिनेत्रीका करोडौं थिए तर दुवैले साँचो मायाको लालसामा यो संसार छाडेर गए। हो, हामी अभिनेत्री मधुवाला र मीना कुमारीको कुरा गर्दैछौं।

 

मीना कुमारीले आफ्नो समयमा धेरै हिट फिल्म दिएकी थिइने भने मधुबालाले आफ्नो अभिनय र सौन्दर्यको बलमा बलिउडमा राज गरिरहेकी छिन् । दुवै मिल्ने साथी थिए तर पछि फिल्मलाई लिएर उनीहरु बीचमा धेरै नै प्रतिस्पर्धा देखिएको थियो ।

यो पनि भनिन्छ कि मधुबाला कमल अमरोहीको बारेमा धेरै गम्भीर थिइन्। कमल अमरोही र मधुबाला फिल्म महलको सुटिङका ​​क्रममा एकअर्काको नजिक आएका थिए र त्यसपछि मधुबालाले उनीसँग विवाह गर्ने इच्छासमेत व्यक्त गरेकी थिइन् ।

 

यद्यपि कमल अमरोही भने विवाहित थिए र उनका ४ सन्तान थिए । उनले मीना कुमारीसँग दोस्रो विवाह गरेका थिए । पछि जब मीना कुमारीलाई थाहा भयो कि मधुबाला उनको तेस्रो श्रीमती बन्न तयार छिन् भन्ने कुरा मीना मधुवालाको यो कुरा मन परेन। त्यसपछि उनीहरुको सम्बन्धमा दुरी बढ्यो ।

 

तर, पछि मधुबालाले गायक किशोर कुमारसँग विवाह गरिन् । तर, बिडम्बना दुवै अभिनेत्रीको सानै उमेरमा मृत्यु भयो तर पनि आज पर्यन्त उनीहरू दर्शकको मनमा राज गरेर बसिरहेका छन् ।

 

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖