• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

यात्रुबसले कार र ट्यांकरलाई ठक्कर दिँदा १० जना घाइते


  • धनकुटा खबर
  • .

मकवानपुर। हेटौँडा–वीरगञ्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्ट नजिक डाइभरडाँडामा यात्रुबसले कार र ट्यांकरलाई ठक्कर दिँदा १० जना घाइते भएका छन्।

आज अपराह्न वीरगञ्जबाट हेटौँडा आउँदै गरेको ना५ख २९७० नं को यात्रुबसले विपरीत दिशाबाट जाँदै गरेको कारलाइ ठक्कर दिएर दिएको थियो। सोही बसले अगाडिको ट्यांकरलाई समेत ठक्कर दिएपछि एउटा रूखमा ठोक्किएर ठूलो दुर्घटना हुनबाट जोगिएको हो।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार दुर्घटनामा बसका चार यात्रु र कारमा सवार छ जना गरी १० जना घाइते भएका र सबैलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖