• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौं महानगरको लापरबाहीः मृत्युपछि वृद्ध भत्ता !


  • धनकुटा खबर
  • .

काठमाडौं महानगरपालिकाको लापरबाहीका कारण नगरमा मृत्यु भइसकेका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता दिइएको भेटिएको छ। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार महानगरमा मृत्यु भइसकेका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता दिइएको उल्लेख छ।

‘महानगरपालिकाले मृत्यु भइसकेका केही लाभग्राहीको लगत कट्टा नगरी भत्ता खर्च लेखेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘महानगरपालिकाले पेस गरेको लगतकट्टा विवरणलाई आधार मानी नमुना छनौट गरी परीक्षण गर्दा विभिन्न लाभग्राहीलाई २३ लाख तीन हजार ५९१ रुपैयाँ बढी रकम भुक्तानी दिएको देखिएको छ।’

सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को बुँदा नं. ९ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको योग्यता सम्बन्धमा व्यवस्था गरिएको छ। साथै सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम १३ मा सामाजिक सुरक्षा भत्ता पाइरहेका व्यक्तिको नाम हटाउने र उपनियम ४ मा ऐन विपरीत हुने गरी भत्ता लिएको पाइए सरकारी बाँकी सरह असुल गर्नुपर्ने व्यवस्था राखिएको छ।

भुक्तानी भएको बढी रकम सम्बन्धित व्यक्तिबाट असुल गर्नुपर्ने देखिएको भन्दै प्रतिवेदनले महानगरको ध्यानाकर्षण गराएको छ।-नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖