• Monday 5th of October 2026

नेपाल राष्ट्रिय टोलीकी स्ट्राइकर रेखा सम्मिलित युएईको आबुधाबी च्याम्पियन


  • धनकुटा खबर
  • .

नेपाल राष्ट्रिय टोलीकी स्ट्राइकर रेखा पौडेल सम्मिलित आबुधाबी कन्ट्री क्लब युएई महिला लिग २०२४–०२५ को च्याम्पियन बनेको छ ।

टोली सातमध्ये सातै खेल जितेर अपराजित रहँदै च्याम्पियन बन्यो । सात खेलमा टोलीले एक गोल पनि व्यहोर्नु परेन । ३३ गोल गर्न सफल भएको थियो ।

टोली लगातार दशौँपटक युएईको लिग च्याम्पियन भएको हो । सन् २०१२–१३ को सिजनबाट सुरु भएको लिग बिचमा दुई वर्ष हुनै सकेन । दोस्रो स्थानमा रहेको अम्पायरले ६ खेलमा १५ अंक जोडेको छ । टोलीले अब एक खेल खेल्न बाँकी छ । तेस्रो स्थानमा रहेको मुबादाराले ६ खेलमै १२ अंक जोडेको छ । रेखाले युएईको लिग खेलेको पहिलो अवसरमै उपाधि जित्न सफल भएकी हुन् ।

‘पहिलो अवसरमै लिग जित्न सफल भएँ,’ नयाँ पत्रिकासँग बोल्दै रेखाले भनिन्, ‘धेरै खुसी छु । यहाँ खेल्दा धेरै अनुभव बटुलेको छु ।’

यसअघि रेखा विभागीय टोली नेपाल पुलिस क्लबबाट घरेलु लिग खेल्दै आएकी थिइन् । रेखा एएफसी महिला च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी पनि हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖