एउटै कोखबाट जन्मिएका तिन जना दाजुभाई नेपाली सेना मा कार्यरथ भएको बिरलै हुनसक्छ। दार्चुला जिल्लाको लेकम १ सर्मोलि (कोठार) मा जन्मिएका तीन दाजुभाई सेनाको संगठन मातहतका तीन वटा दर्जा कुशलतापूर्वक सम्हाल्दै आएका छन । उनीहरु लेकम गाउँपालिका वडा नम्बर १ का बुवा सुनपति बिष्ट र आमा तिला देवि बिष्ट का कोखबाट जन्मिएका हुन। बुवा पेशाले मिस्त्री हुन भने आमा गृहणी हुन।
बिष्ट दम्पत्तीका जेठो छोरा सुरेश सिह बिष्ट रसुवा जिल्ला को श्री श्रीनाथा गण मा कार्यरथ छन। उनी नेपाली सेना को अमल्दार दर्जा मा कार्यरथ छन।वि.स.२०६९ सालमा सैन्य पद बाट संगठनमा भर्ना भएका थिए। उनि संगठनमा एक कुसल,कर्तव्यबोध जिम्मेवार र साहसी कर्मचारीले चिनिन्छन। उनले अहिलेसम्म धेरै ठाउँमा बिपत ब्यवस्थापन कार्यमा रेस्क्यू भूमिका निर्वाह गरेका छन।
उनी छिटै प्रमोसनको लाईनमा रहेको बताउछ्न। माइलो छोरा चन्द सिह बिष्ट रुपन्देही (बुटवल) जिल्ला को श्री कीर्तिदल गण मा कार्यरथ छन। उनी नेपाली सेना को प्युठ दर्जा मा कार्यरथ छन। वि.स.२०७४ साल मा सैन्य पद बाट संगठन मा भर्ना भएका बिष्ट आफ्नो गण भित्र प्राकृति प्रकोप मा धेरै प्रशंसायोग्य काम गर्ने कर्मचारी ले चिन्छ्न। कान्छो छोरा दिपक बिष्ट भने हालै बि.स.२०८२ मा नेपाली सेना को सैन्य पद मा भर्ना भई हाल डडेल्धुरा जिल्लाको श्री अर्जुनबाण गणमा सैन्य आधार तालिम गर्दैछन।
एउटै बाउआमा को तिन जना दाईभाई आर्मी संगठन बाट देश सेवामा समर्पित दार्चुला, लेकमकै एक मात्र परिवार हो। देश सेवा मा यो परिवारको उदाहरणले गाउँ देखि देशका युवाहरूलाई संगठन प्रति प्रेरणा प्रदान गर्ने विश्वास गरिन्छ।
बिष्ट दम्पत्तीका साईलो सन्तान समेत कम छैनन्। साईलो छोरा नरेन्द्र बिष्ट शैक्षिक सस्थामा आबद्ध रहि लोक सेवा आयोगका कक्षाहरु पढाउदै आईरहेका छन। उहा संघीय र प्रदेश निजामती सेवा को दुई चोटि वेईटिङ लिस्ट मा रहेका छन भने फेरि हालै लुम्बिनी प्रदेश बाट लोक सेवा आयोग को लिखित परिक्षा पास गरेका छन।
लोक सेवा तिर मेहनत गरेको छु। प्रशिक्षक पेशामा पनि राम्रो छ तर पहिले देखि निजामती सेवा रोजेका उनि एक चोटि निजामती सेवा मा प्रवेश गर्ने ईच्छा”साईलो” बताउछन।
