• Monday 5th of October 2026

मोडल शीतलको हत्या, गर्धनमा धारिलो हतियार प्रहार गरेको शव नहरमा भेटियो


  • धनकुटा खबर
  • .

काठमाडौं– धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा एक जना मोडलको शव भेटिएको छ।

भारतको हरियाणास्थित सोनीपत जिल्लाको खरखौदा कस्बेमा स्थानीय म्यूजिक उद्योगकी मोडल सिम्मी चौधरी शीतलको शव भेटिएको भारतीय समाचार संस्था न्यूज२४ले जनाएको छ।

उनको शव गएराती खाँडाको नजिक रिलायन्स नहरमा फेला परेको हो। उनको हात र गर्धनमा धारिलो हतियार प्रहार गरेको निशाना फेला परेको छ।

छातीमा र हातमा बनाइएको ट्याटुका आधारमा शवको सनाखत भएको थियो। उनी पानीपथमा बस्थिन्।

प्रहरीले शव पोस्टमार्टमका लागि पठाएकोछ। परिवारले प्रेमका कारण हत्या भएको आशंका गरेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖