• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्री नेतान्याहुको बेडरूममा मिसाइल प्रहार भएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं । इरानसँगको युद्धको बीचमा इजरायल झन् आक्रामक बन्दै गइरहेको छ। दुवै देशले एकअर्कामाथि मिसाइल प्रहार गरिरहेका छन्। यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानले उनलाई र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने प्रयास गरेको दाबी गरेका छन्।

इरानी सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने षड्यन्त्र रचेको नेतान्याहूको दाबी छ। ट्रम्पको कडा व्यवहारका कारण इरानले उनलाई आफ्नो पहिलो शत्रु मान्ने उनले दाबी गरे ।

इजरायली प्रधानमन्त्री नेतान्याहूले फक्स न्यूजसँगको कुराकानीमा भने ‘उनीहरू उनलाई (ट्रम्प) मार्न चाहन्छन्। उनी शत्रु नम्बर एक हुन्। उनी एक निर्णायक नेता हुन्। उनले कहिल्यै त्यस्तो बाटो रोजेनन् जहाँ उनलाई कमजोर बनाउन मिलोस्।’

इजरायली प्रधानमन्त्रीले इरानले उनको पनि हत्या गर्ने प्रयास गरेको दाबी गरे। इरानले उनलाई लक्षित गरी मिसाइल प्रहार गरेको थियो। यो इरानी मिसाइल उनको शयनकक्षको झ्यालमा खसेको थियो। नेतान्याहूले इरानको आणविक महत्वाकांक्षा रोक्न आफूलाई ट्रम्पको कनिष्ठ साझेदार पनि भने।

इजरायलको आक्रामक सैन्य कारबाहीलाई जायज ठहराउँदै उनले भने ‘देश हाल अस्तित्वको खतराको सामना गरिरहेको छ। इरानको आणविक कार्यक्रमका कारण हाम्रो अस्तित्व खतरामा छ। पहिलो, इरानले आणविक हतियार बनाउन युरेनियम समृद्ध गरिरहेको छ। दोस्रो, इरानले आफ्नो ब्यालिस्टिक क्षेप्यास्त्रको भण्डार एक वर्षमा ३६०० पुर्‍याएको छ। यसले तीन वर्षमा १० हजार र ६ वर्षमा २० हजार पुर्‍याउनेछ। कुनै पनि देश, विशेष गरी इजरायल, यो खतराबाट बच्न सक्दैन।’

नेतान्याहूले भने – इजरायलले आफ्नो सुरक्षा मात्र गरिरहेको छैन तर इरानबाट हुने यो खतराबाट विश्वलाई पनि बचाइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖