• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

उडिरहेको इन्डिगो विमानमा बम रहेको सूचना आएपछि आपत्‌कालीन अवतरण


  • धनकुटा खबर
  • .

मंगलबार, मस्कट (ओमान) बाट दिल्ली हुँदै कोच्ची जाँदै गरेको इन्डिगोको विमानमा बमको धम्की आएपछि नागपुर विमानस्थलमा आपत्‌कालीन अवतरण गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा बम राखिएको जानकारी पाएपछि विमानलाई नागपुर डाइभर्ट गरी आपत्‌कालीन अवतरण गरिएको हो।

नागपुरका डीसीपी लोहित मतानीले सबै यात्रुलाई सुरक्षित रूपमा ओरालिएको र विमानमा खोजी भइरहेको बताएका छन्। तर यो खबर प्रकाशन गर्दासम्म कुनै शंकास्पद वस्तु फेला परेको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖