• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

इरानमा आक्रमण गर्ने ट्रम्पको संकेत, अन्तिम निर्णय लिन बाँकी


  • धनकुटा खबर
  • .

इरान र इजरायलबीचको युद्ध सातौं दिनमा पुगेको छ। पछिल्ला ६ दिनमा युद्धमा २४ इजरायलीहरू मारिएका छन् । वासिङ्टनस्थित एक मानव अधिकार समूहले इरानमा मृत्यु हुनेको संख्या ५८५ पुगेको र १३२६ जना घाइते भएको दाबी गरेको छ।

इजरायली ह्याकरहरूले बुधबार राति इरानको सरकारी आईआरआी टीभीसहित धेरै समाचार च्यानलहरू ह्याक गरेका छन् । यस क्रममा, मानिसहरूलाई विद्रोह गर्न अपील गरिएको थियो । यी ह्याकरहरूले २०२२ को विरोध प्रदर्शनको भिडियोहरू प्ले गरेका थिए, जसमा महिलाहरूले आफ्नो कपाल काटिरहेका छन् ।

सीबीएसको रिपोर्टअनुसार ट्रम्पले मंगलबार राति इरानमा आक्रमण गर्ने योजनालाई अनुमोदन गरेका थिए। यद्यपि, ट्रम्पले इरानमाथि आक्रमण गर्ने वा नगर्ने भन्ने बारेमा अन्तिम निर्णय लिएका छैनन् । एक वरिष्ठ गुप्तचर स्रोतले सीबीएसलाई बताएअनुसार यदि इरान आफ्नो आणविक कार्यक्रम रोक्न सहमत भएमा ट्रम्पले आक्रमण गर्ने योजना रोक्न सक्छन् ।

इजरायल रक्षा बल (आईडीएफ)का प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले बुधबार एक पत्रकार सम्मेलनमा इजरायली वायुसेनाले ६ दिनमा इरानमा ११०० भन्दा बढी लक्ष्यहरूमा आक्रमण गरेको बताए । ‘हामी आणविक खतरालाई निष्क्रिय पार्न व्यवस्थित रूपमा काम गरिरहेका छौं। हाम्रा आक्रमणहरूले इरानको ब्यालिस्टिक क्षेप्यास्त्र र वायु रक्षा प्रणालीमा धेरै क्षति पुर्‍याएको छ,’ उनले भनेका छन् ।

सेनाले इरानी क्षेप्यास्त्र प्रक्षेपणकर्ता र अन्य सुविधाहरूमा आक्रमण देखाउने फुटेज पनि जारी गरेको छ। यसका साथै इरानले पनि इजरायलमा जवाफी कारबाही जारी राखेको छ । इरानका सर्वोच्च नेताले बुधबार युद्ध शुरू भएको घोषणा गरेका थिए । तेहरानको कार्यहरू पूर्णतया आत्मरक्षामा रहेको इरानी विदेशमन्त्री अब्बास अराघचीले बताए । ‘यदि अमेरिकीहरूले सैन्य रूपमा संलग्न हुने निर्णय गरे भने हामीसँग जहाँ पनि कारबाही गर्न आवश्यक लक्ष्यहरू फेला पार्छौं र त्यहाँ बदला लिनुको विकल्प छैन,’ उनले भने, ‘त्यो स्पष्ट र सरल छ। किनभने हामी आत्मरक्षामा काम गरिरहेका छौं।’

इरानले इजरायलतर्फ सेजिल-२ ठोस इन्धनयुक्त मध्यम दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएको छ। तेहरानले देशभर इन्टरनेट पहुँचमा राष्ट्रव्यापी अस्थायी प्रतिबन्ध लगाएको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सुरक्षा चिन्तालाई उद्धृत गर्दै सुरक्षा चिन्ता उद्धृत गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖