• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति


  • धनकुटा खबर
  • .

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राति इरानमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गरेको अमेरिकी मिडिया सीबीएस न्युजले जनाएको छ । यद्यपि, ट्रम्पले इरानमाथि आक्रमण गर्ने वा नगर्ने भन्ने बारेमा अन्तिम निर्णय लिएका छैनन्।

एक वरिष्ठ गुप्तचर स्रोतले सीबीएसलाई बताएअनुसार यदि इरान आफ्नो आणविक कार्यक्रम त्याग्न सहमत भएमा ट्रम्पले आफ्नो आक्रमण योजना रोक्न सक्छन्। यो समाचार पहिलो पटक वाल स्ट्रिट जर्नलले रिपोर्ट गरेको थियो।

बुधबार, जब ट्रम्पलाई इरानमा अमेरिकी हस्तक्षेपको बारेमा सोधिएको थियो, उनले भने, “म त्यो गर्न सक्छु, म त्यो नगर्न पनि सक्छु।”

जुन १३ मा इजरायलले इरानको ‘आणविक कार्यक्रम’ सँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण गर्‍यो। इरानले पनि बदलामा इजरायलमाथि आक्रमण गर्‍यो। त्यसबेलादेखि दुई देशबीचको द्वन्द्व जारी छ।

सीबीएस न्यूजले मंगलबार ट्रम्पले इरानको भूमिगत युरेनियम संवर्धन सुविधा फोर्डोमा हमलाको बारेमा सोचिरहेको रिपोर्ट गरेको थियो । इजरायलले गत हप्ताको अन्त्यतिर इरानी आणविक र सैन्य लक्ष्यहरूमा बम विष्फोट गर्न थालेदेखि फोर्डोमा कुनै पनि ज्ञात हमला गरेको छैन।

ट्रम्प इरानले आफ्नो आणविक कार्यक्रम अन्त्य गर्ने सम्झौतामा वार्ता गरोस् भन्ने चाहन्छन् । तर इरानले लामो समयदेखि आफ्नो कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र रहेकोमा जोड दिँदै आएको छ । इरानले बुधबार दबाबमा वार्ता नगर्ने स्पष्ट पार्दै कुनै पनि आक्रमणको जवाफ आक्रमणले नै दिने बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖