• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

इरान हमलापछि अमेरिकाका ठुला सहर हाई अलर्टमा


  • धनकुटा खबर
  • .

वासिङ्टन डीसी । इरानका परमाणु स्थलमा हवाई आक्रमणपछि अमेरिकाले उच्च सतर्कता अपनाएको छ । शनिबार राति भएको हमलाको जवाफमा इरानले अमेरिकामाथि गर्ने आक्रमणको डर अमेरिकीहरूसम्म पुगेको छ ।

फक्स न्यूज, न्यूयोर्क टाइम्स लगायत स्थानीय पत्रिकाहरूमा छापिएका खबरका अनुसार इरानले आफ्नो नौसेना शक्तिले होर्मुजको जलडमरूम बन्द गर्ने लगायत धेरै तरिकाले बदला लिन सक्छ भन्ने अमेरिकी गुप्तचर एजेन्सीहरूले चेतावनी दिएका छन् ।

यो चेतावनीपछि न्यूयोर्कको प्रहरी विभागले एक्समा एउटा पोस्टमा सतर्कता अपनाउँदै न्यूयोर्कका धार्मिक, सांस्कृतिक र कूटनीतिक स्थलहरूमा अतिरिक्त सुरक्षा बढाइएको बताएको छ ।

वासिङ्टन डीसी, लस एन्जलस र सान फ्रान्सिस्को जस्ता प्रमुख अमेरिकी सहरहरूमा हाई अलर्ट घोषणा गरिएको छ । विमानस्थल, सैन्य अड्डा र सार्वजनिक स्थानहरूमा सुरक्षा बढाइएको पनि खबर आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖