• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानले गर्यो आक्रमण


  • धनकुटा खबर
  • .

कतारस्थित अमेरिकी सैन्य अड्डा अल उदीदमा आक्रमण गर्नु अघि इरानले पूर्वसूचना दिएको तीन इरानी अधिकारीहरूलाई उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले जनाएको छ।

इरानको भनाइ अनुसार, यसले मानवीय क्षति कम गर्न र सबै पक्षलाई पछि हट्ने मौका दिने उद्देश्य राखेको थियो।

यसै आधारमा कतारले आ’क्रमण हुनुअघि नै हवाई क्षेत्र बन्द गर्‍यो भने अमेरिका र बेलायतले आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरे। युएईले पनि पछि आफ्नो हवाई मार्ग बन्द गर्‍यो, जसले दोहा–दुबईका उडानहरू प्रभावित भए।

कतारले आ’क्रमणको कडा निन्दा गर्दै आफ्नो वायु रक्षा प्रणालीले मि’साइलहरू रोकिएको दाबी गरेको छ। यो घटनाले अमेरिका–इरान तनाव गहिरिन सक्ने चिन्ता थप बढाएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖