• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

इरानका सर्वोच्च नेता भेटिएका भए, हामी उनलाई मारिसक्थ्यौंः इजरायल


  • धनकुटा खबर
  • .

इरान–इजारायलवीचको लडाई रोकिएको छ । तर इजरायली रक्षा मन्त्री इजरायल काट्जले ईरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेईलाई समाप्त गर्न चाहेको खुलासा गरेका छ्न।

काट्जले बिहिबार च्यानल १३ सँगको एक अन्तर्वार्तामा भने, ‘यदि खामेनेई हाम्रो पहुँचमा हुने भए, हामीले उनलाई मारिसक्थ्यौं।’

इजरायल खामेनेईलाई समाप्त गर्न चाहन्थ्यो, तर त्यसो गर्ने कुनै अवसर नमिलको उनले बताए । इजरायलले मार्न चाहेको तर अमेरिकाले त्यसो गर्न नदिएको खवर सार्वजनिक भएसंगै उनको यस्तो प्रतिक्रिया आएको हो ।

जब काट्जसँग सोधियो कि के इजरायलले अमेरिकासँग यसका लागि अनुमति मागेको थियो, उनले जवाफ दिए, ‘हामीलाई यस्ता कामका लागि कसैको अनुमति आवश्यक छैन।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖