• Monday 5th of October 2026

बालेनले सेयर गरे पछि पशुपति शर्माको गीत ‘ट्रेण्डिङ’ मा


  • धनकुटा खबर
  • .

काठमाडौं- काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह ‘बालेन’ले हालै चर्चामा आएको गायक पशुपति शर्माको नयाँ गीत सेयर गरे पछि पशुपति शर्माको गीत ट्रेण्डिङ मा परेको छ ।

नेपाली राजनीतिमा झोले बहस चलिरहेको समयमा शर्माले ‘झोले’ शब्द र त्यसको वर्तमान परिवेशको भाव बुझाउने गरी गीत निकालेका छन्। जुन लोकप्रिय बनेको छ। यसै परिवेशमा रहेर मेयर बालेनले उक्त गीतको प्रशंसा गर्दै एक पोष्ट गरेका हुन्।

म्युजिक तर्फ गीत ३ नम्बरमा छ । कमेन्टमा बालेनको पोस्ट हेरेर आउने भनेर लेख्नेको संख्या ठूलो छ ।

उनले शर्माको गीत जस्तै अन्य र्‍यापरहरूले पनि यस्तै गीतहरू ल्याए हुने भन्दै शुद्ध हिपहप भनेका छन्। उनले ‘झोले त तै, झोले त मै’ बोलको गीतको पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, ‘म चाहन्छु र्‍यापरहरूले यस्ता गीत बनाउन्, शुद्ध हिपहप!’

पछिल्लो समय बालेनका हरेक नयाँ पोस्टहरू चासोका विषय बन्ने गरेका छन्। देशका अधिकांश पालिकाहरूले बजेट पारित गरिसक्दा पनि आन्तरिक किचलोका कारण मुलुककै सबैभन्दा ठुलो महानगरपालिकाले समयमै बजेट पास गर्न सकेन।

खासमा उनको पोस्ट अहिले बजेट किन आउन सकेन भन्नेमा आउला भन्ने धेरैलाई लागेको हुन सक्छ। तर त्यस विषयमा बालेनले केही बोलेका छैनन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖