• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

खनारमा सिटी चालकसँग घुस लिने महिला ट्राफिक प्रहरी को हुन् ?


  • धनकुटा खबर
  • .

विराटनगर । सुनसरीको खनारमा महिला ट्राफिक प्रहरीले एक जना सिटी रिक्सा चालकसँग घुस रकम लिँदै गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

एमआर मनोज भूजेलले आफ्नो फेसबुक पेजमा यो भिडियो अपलोड गरेका छन् । घटना कहिलेको हो र कति रकम लिएको हो भन्ने सम्पूर्ण विवरण खुलाइएको छैन । चालकसँग घुसबापतको रकम लिने ट्राफिक प्रहरी को हुन भन्ने पनि स्पष्ट छैन ।

तर, यो घटनाले राजमार्गमा खटिने प्रहरीले चालकहरुसँग कसरी रकम असुल्छन् भन्ने प्रस्टै देखिएको छ । यस किसिमका घटनाबारे जनस्तरबाट गुनासो र उजुरी हुने गरेपनि खासै कारवाही भएको भने पाइँदैन ।-आवर विराटनगर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖