• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

यि हुन् बसमा सवार महिलाको सुनको सिक्री लुट्ने २ जना


  • धनकुटा खबर
  • .

बसमा सवार एक महिलाले लगाएको सुनको सिक्री लुट्ने दुईजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

गएको चैत २९ गते पोखराको अमरसिंहचोकबाट लेखनाथतर्फ जाँदै गरेको बसमा रहेकी ती महिलाको २ तोलाको सिक्री चोरी भएको थियो।

कास्की प्रहरीले घटनामा संलग्न काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका ६ घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ बस्ने २८ वर्षीय अञ्जन तामाङ र सोही ठाउँका ३२ वर्षीय सुरेश तामाङलाई यही असार २५ गते काठमाडौंबाटै पक्राउ गरेको हो।

उनीहरुविरुद्ध चोरी तथा डाँका मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाशदीप जिसीले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖