• Saturday 28th of November 2026

ताइवानको आकासमा ९ चिनियाँ विमानहरू प्रवेश, जापानद्दारा चिन्ता व्यक्त


  • धनकुटा खबर
  • .

ताइपेइ, ३० असार । ताइवानको रक्षा मन्त्रालयले आइतबार बिहान ६ बजेसम्म ताइवान नजिकै ११ चिनियाँ सैन्य विमान, ७ नौसैनिक जहाज र १ सरकारी जहाजको गतिविधि रिपोर्ट गरेको छ। 

 

तीमध्ये ९ वटा विमान ताइवान एयरस्पेसमा घुसपैठ गरेका थिए। जवाफमा, ताइवानको सेनाले आफ्ना लडाकु विमान, युद्धपोत र तटीय मिसाइल प्रणालीहरू तैनाथ गरेको थियो ।

 

ताइवानका राष्ट्रपति लाइ चिङ–तेले चीनले सैन्य धम्कीमार्फत ताइवानमाथि कब्जा गर्न खोजेको आरोप लगाएका छन् । सत्ता परिवर्तनले यो धम्की रोकिने उनको भनाइ छ ।

 

ताइवानको विदेश मन्त्रालयले पनि चीनले क्षेत्रीय र विश्वव्यापी सुरक्षालाई खतरामा पार्ने क्षेत्रलाई अस्थिर बनाउन बारम्बार सैन्य दबाब र बहानाहरू प्रयोग गरिरहेको चेतावनी दिएको छ।

 

यसैबिच, जापानका विदेशमन्त्री ताकेशी इवायाले चीनको सैन्य गतिविधिप्रति गम्भीर चासो व्यक्त गर्दै भने, ‘ताइवानमा शान्ति र स्थिरता सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको लागि आवश्यक छ।’

 

आसियान बैठकको छेउमा चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा उनले भने, ‘जापान बल प्रयोग गरेर यथास्थिति परिवर्तन गर्ने कुनै पनि प्रयासको विरोध गर्दछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖