• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

युएईको जेलमा रहेका १२० जना नेपालीको बाँकी सजाय मिनाहा


  • धनकुटा खबर
  • .

काठमाडौँ । युएईको जेलमा रहेका १२० जना नेपालीको बाँकी सजाय मिनाहा गरिएको छ ।

बुधबार नेपाली राजदूतावास अबुधाबीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालीहरूको सजाय मिनाहा सम्बन्धी जानकार दिएको हो ।

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद अल अदाहका अवसरमा संयुक्त अरब इमिरेट्स सरकारले विभिन्न कसुरहरूमा युएईको जेलमा रहेका १२० जना नेपालीहरूलाई बाँकी सजाय अवधि मिनाहा गरेको हो ।

आममाफी प्रदान गरेकोमा नेपाली राजदूतावास अबुधाबीले संयुक्त अरब इमिरेट्स सरकारप्रति आभार समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖