• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

शक्तिशाली भूकम्प


  • धनकुटा खबर
  • .

अलास्का । अमेरिकाको अलास्का राज्यको दक्षिणी तट क्षेत्रमा बुधबार आएको ७.३ म्याग्निच्युडको भूकम्पपछि जारी गरिएको सुनामी चेतावनीलाई केहीबेरमा नै एडभाइजरीमा झारिएको छ।

अमेरिकी नेसनल वेदर सर्भिस (एनडब्लूएस) का अनुसार भूकम्प स्थानीय समयअनुसार दिउँसो १२:३७ बजे अलास्काको पोपोफ टापुको स्यान्ड पोइन्ट नामक सानो बस्तीको दक्षिणमा गएको थियो। स्यान्ड पोइन्टमा करिब ६०० जनाको जनसङ्ख्या रहेको छ।

अलास्का भूकम्प केन्द्रका अनुसार यो कम्पन अनक्रेज शहरसम्म महसुस गरिएको थियो, जुन घटनास्थलदेखि करिब ९६६ किमि टाढा पर्छ। सुरुमा नेसनल सुनामी वार्निङ सेन्टरले होमरदेखि युनिक पाससम्मको लगभग १,१२६ किमि दूरीको क्षेत्रका लागि सुनामी चेतावनी जारी गरेको थियो। उक्त क्षेत्रमा पर्ने कोडियाक जस्ता केही ठुला समुदायहरू पनि समावेश थिए, जहाँ करिब ५,२०० जनसङ्ख्या छ।

तर, भूकम्प गएको एक घण्टाभित्रै अलास्काको आपत्कालीन व्यवस्थापन विभागले कुनै क्षतिको रिपोर्ट प्राप्त नभएको जनाएको छ। त्यसपछि चेतावनीलाई एडभाइजरीमा झारिएको हो। अन्ततः दिउँसो २:४५ बजेभित्रै चेतावनी पूर्ण रूपमा रद्द गरिएको थियो।

भूकम्पपछि सुनामीको खतरा न्यून भए पनि स्थानीय अधिकारीहरूले सतर्कता अपनाउन भने आग्रह गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖