• Monday 5th of October 2026

समीक्षा र एलिनासँग मिलेर ‘नाइँ भनेसि नाइँ’ ल्याउँदै प्रकाश सपुत


  • धनकुटा खबर
  • .

काठमाडौँ । गायक प्रकाश सपुतले तीजको अवसरमा नयाँ गीत ल्याउन लागेको उद्घोष गरेका छन् । गीतको शीर्षक ‘नाइँ भनेसि नाइँ’ रहेको छ ।

सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका गायक सपुतले गीतमा समीक्षा अधिकारी र एलिना चौहानको पनि स्वर रहने गीतको पोस्टरमार्फत जानकारी दिएका छन् ।

उनले लेखका छन्- ‘प्रिय प्रकाश, गीत सङ्गीत नै तिम्रो जरा हो र यस मार्फत कथा भन्नु तिम्रो विशेषता ! हाँगा फैलिनु राम्रो हो तर जरासँग जोडिनुपर्छ र विशेषतालाई छोड्नुहुन्न है ।’

उनी थप लेख्छन्, ‘धेरै शुभेच्छुकहरूको यो सुझाव लाई मनन गर्दै यसपालि तिजमा ‘नाइँ भनेसि नाइँ मार्फत एउटा आवाज लिएर आउँदै छौँ । आवाज मा आवाज मिसाउन तयार हुनुहोस् है त ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖