• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बेलायती सांसद केट भन्छिन्, ‘निदाएको बेला पनि बलात्कार भोगिरहे’


  • धनकुटा खबर
  • .

लन्डन, ६ साउन । पूर्व बेलायती सांसद केट निभेटनले आफ्ना पति तथा पूर्व सांसद एन्ड्रयु ग्रिफिथमाथि वैवाहिक जीवनमा यौन दुर्व्यवहार र घरेलु हिंसाको गम्भीर आरोप लगाएकी छन् ।

 

ब्रिटिश टिभी च्यानल आइटीभिवानको प्रसारण हुन लागेको एक वृत्तचित्रमार्फत पुर्व सांसद केटले भनेकी छिन कि उनका पति पुर्व सांसद ग्रिफिथले उनलाई सुतिरहेको बेला धेरै पटक बलात्कार गरेका थिए ।

 

‘म निदाएको बेला पनि उसले मसँग यौनसम्पर्क गर्न बाध्य बनाउँथ्यो। कहिलेकाहीँ म सहन मात्रै गर्थे, तर कहिलेकाहीँ म रुन्थे। त्यसपछि उसले रिसाएर मलाई ओछ्यानबाट निकालि दियो, म रोएँ र त्यो बेला म निकै डराउथें पनि तर उसले भन्थ्यो, ‘तेरो कुरा कसैले पत्याउने छैन, म सांसद हुँ, प्रहरी पनि साथमा छ ।’ त्यसपछि धेरै पटक आफैंलाई कोठामा बन्द गरेको र घर छाडेर हिडन् बाध्य भएको पनि उनले स्मरण गरेकी छिन् ।

सांसद ग्रिफिथ र केटले २०१३ मा विवाह गरेका थिए तर दुवैको ५ वर्षपछि सन् २०१८ मा छुट्टिएका थिए । 

 

एउटा घटना सम्झँदै केटले आफ्नी छोरी दुई हप्ता मात्रै भएको बेलाको अप्ठयारो सुनाइन् । एक बिहान उनकी छोरी दूधको लागि रोइरहेकी थिइन् र ग्रिफिथ संसदमा जाने तयारी गरिरहेका थिए, त्यसपछि उसले छोरीसँग चिच्यायो र भन्यो, ‘चुप लाग बदमास् ।’

केट थप्छिन्, ‘मध्यमवर्गीय पेशागत मानिसमा यस्तो हुँदैन भन्ने जनतालाई लाग्छ । घरेलु हिंसा गरिब वर्गमा मात्र हुन्छ भन्ने मानिसलाई लाग्छ तर सत्य यो हो कि यो कसैलाई पनि हुन सक्छ।’

 

बेलायतको एउटा पारिवारिक अदालतले २०२१ मा ग्रिफिथले श्रीमती केटलाई पटक पटक बलात्कार गरेको र बारम्बार शारीरिक हिंसा गरेको स्वीकार गरेको थियो। अदालतले पनि उनलाई मानसिक यातना दिएको पनि पुष्टी गरिदिएको थियो ।

खासमा ५ वर्ष यातना सहे पछि ५ वर्षसम्म कानुनी व्यवस्थासँग लडनु परेको पनि केटले बताइन् । केटका अनुसार उनीहरुको छुट्टिएपछि पनि ५ वर्षसम्म ग्रिफिथले उनलाई कानुनी व्यवस्था मार्फत पनि दुर्ब्याबहार गरिरहेका थिए । अदालतले समेत सुरक्षा दिन नसक्ने हजारौं महिलाको यो अवस्था रहेको उनको दावी रहेको छ।

 

केटको यो सम्पूर्ण कथा आइटीभिवान च्यानल र यसको डिजिटल प्लेटफर्म आइटीभिवानमा ‘ब्रेकिङ द साइलेन्सः केट स्टोरी’ नामक वृत्तचित्रमार्फत अब  देखाइँदैछ।

 

केटको व्यक्तिगत कथा बाहेक यस बृतचित्रमा बेलायतको पारिवारिक अदालतले हरेक वर्ष ३० हजारभन्दा बढी घरेलु हिंसाका मुद्दाहरूमा कसरी कमजोर निर्णय लिन्छ भन्ने पनि देखाउँने भनिएको छ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖