• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बच्चा गर्भमा छँदै बुकिङ, जन्मनासाथ बिक्री, दर्जनौं नवजात शिशु तस्करी गर्ने गिरोहको पर्दाफास


  • धनकुटा खबर
  • .

काठमाडौं । इन्डोनेसियाको प्रहरीले एक दर्जनभन्दा बढी बच्चाहरूलाई धर्म सन्तान ग्रहणका लागि सिंगापुर पठाउने मानव तस्करी गिरोहको पर्दाफास गरेपछि १२ जनालाई पक्राउ गरेको छ।

पश्चिम जाभा प्रहरीले मंगलबार पत्रकारहरूलाई बताएअनुसार एक अभिभावकले शिशु अपहरणको रिपोर्ट गरेपछि यो घटना पत्ता लागेको थियो । रिपोर्टपछि अनुसान्धानको क्रममा प्रहरीहरू एक संदिग्ध व्यक्तिसम्म पुगे जसले २४ शिशुहरूको व्यापार गरेको स्वीकार गरे।

प्रहरीका सामान्य आपराधिक अनुसन्धान निर्देशक सुरावनका अनुसार अपराधीहरूले पश्चिम जाभा प्रान्तमा रहेका उनीहरूका जैविक आमाबाबुबाट धेरैजसो शिशुहरू लगेका थिए।

उनीहरूमाथि बच्चाहरूलाई बोर्नियो टापुको पोन्टियानक शहरमा सारेको र त्यसपछि एक दर्जनभन्दा बढीलाई सिंगापुर पठाएको आरोप छ।

“कागजातका आधारमा १४ शिशुहरू सिंगापुर पठाइएको पाइएको छ” उनले भने “बच्चाहरूको उमेर स्पष्ट रूपमा एक वर्ष मुनिको छ । उनीहरू लगभग तीन महिना, पाँच महिना र छ महिनाका थिए ।”

अल जजीराको रिपोर्टअनुसार अधिकारीहरूले इन्डोनेसियाको राजधानी जकार्ता नजिकैको शहर पोन्टियानकमा पाँच र टाङ्गेराङमा एक शिशुलाई उद्धार गर्न सफल भएका छन् । उनीहरूले जकार्ता, पोन्टियानक र जाभान शहर बान्डुङमा एक दर्जन संदिग्धहरूलाई पनि पक्राउ गरेका छन् ।

“तिनीहरू एउटा सिन्डिकेट हो, बच्चा बेचबिखनको सिन्डिकेट। तिनीहरू प्रत्येकको आ-आफ्नै भूमिका छ,” सुरावनले भने।

उनका अनुसार केही संदिग्धहरूलाई बच्चाहरू फेला पार्ने जिम्मेवारी दिइएको थियो जबकि अरूले उनीहरूको हेरचाह गरे, तिनीहरूलाई आश्रय दिए वा परिवार कार्ड र राहदानी जस्ता नागरिक दर्ता कागजातहरू तयार पारे।

प्रहरी अधिकारीका अनुसार शिशुहरूलाई सिंगापुरमा धर्म सन्तान ग्रहण गर्न खरीददारहरूलाई १ करोड १० लाख इन्डोनेसियाली रुपिया देखि १ करोड ६० लाख इन्डोनेसियाली रुपियामा बेचिन्थ्यो ।

संदिग्ध बयानका आधारमा उनले भने, ‘सिन्डिकेट २०२३ देखि सञ्चालनमा थियो।’ प्रहरीले पैसाको बदलामा “आफ्ना बच्चाहरूको हेरचाह गर्न अस्वीकार गर्ने आमाबाबु वा आमाहरू” लाई खोजेर उनीहरूका सन्तान तस्करी गरिएको बताएको छ ।

सुरावनका अनुसार अपहरणको रिपोर्ट गर्ने अभिभावकले आफ्नो बच्चाको जन्म हुनुभन्दा पहिले नै तस्करहरूसँग “सम्झौता” गरेका थिए । सम्झौताअनुसार बच्चा जन्मिएपछि उनीहरूले तस्करलाई दिए तर पछि भुक्तानी नपाएपछि उनीहरूले प्रहरीमा रिपोर्ट गरेका थिए।

उनले थपे ‘इन्डोनेसियाको प्रहरीले सिंगापुरमा सम्भावित बेचबिखन गरिएका शिशुहरू पत्ता लगाउन इन्टरपोलसँग समन्वय गर्ने योजना बनाएको छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖