• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

अवतरण गर्नासाथ एयर इन्डियाको विमानमा आगलागी


  • धनकुटा खबर
  • .

हङकङबाट नयाँ दिल्ली आएको एउटा विमानमा मंगलबार आगलागी भएको छ । एयर इन्डियाको सो विमानमा अवतरण गर्नासाथ आगो लागेको हो ।

एयर इन्डियाको फ्लाइट ‘एआई ३१५’ अवतरण गरिसकेपछि यात्री ओर्लन थालेपछि अचानक आगो लागेको हो । विमानको सहायक पावर युनिट (एपीयू) मा आगो लागेको बताइएको छ ।

आगो लाग्नासाथ सिस्टमकै डिजाइन अनुसार ‘एपीयू’ बन्द भएपछि ठुलो दुर्घटना हुनबाट जोगिएको अधिकारीहरूको भनाइ छ ।

एयर इन्डियाले घटनाको पुष्टि गर्दै स्थितिलाई तुरुन्तै नियन्त्रणमा लिइएको प्रस्ट पारेको छ । आगलागीबाट विमानमा सामान्य क्षति भए पनि सबै यात्री र चालक दलका सदस्य सुरक्षित रहेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖