• Monday 5th of October 2026

अवतारः ३ को पोस्टर सार्बजनिक, यसै बर्ष क्रिसमसमा हेर्न पाइने


  • धनकुटा खबर
  • .

लसएन्जलस, ७ साउन । हलिउड निर्देशक जेम्स क्यामरुनको फिल्म ‘अवतार’को विश्वभर क्रेज छ ।
 
यो फिल्म विश्वको सबैभन्दा धेरै कमाउने फिल्म मध्ये एक हो । सन् २००९ मा फिल्मको पहिलो भाग रिलिज हुँदा फ्यानबाट निकै माया पाएको थियो ।

यस विज्ञानमा आधारित फिल्मको सफलता देखेर निर्माताहरूले यसको दोस्रो भाग ‘अवतारः द वे अफ वाटर’ २०२२ मा ल्याए, जसले विश्वव्यापी रूपमा २.३२ बिलियन अमेरिकी डलरभन्दा बढी कमाई गरेर रेकर्ड बनाएको थियो ।
 
दुबै भागको अत्याधिक सफलतापछि अब तेस्रो भागको तयारीमा निर्माताहरु जुटेका छन् । जसको शिर्षक छ, ‘अवतारः फायर एन्ड ऐश’, जुन यो वर्ष नै ठूलो पर्दामा आउँदै छ । 
 
फ्यानहरुको उत्साहलाई बढाउँदै निर्माण पक्षले चलचित्रको नयाँ पोस्टर सार्वजनिक गर्दै बहुप्रतिक्षित चलचित्रमा नयाँ खलनायकलाई प्रस्तुत गरेको छ। जेम्स क्यामरुनको निर्देशनमा बन्न लागेको यो फिल्मको तेस्रो भागको अफिसियल पोस्टर आफ्नो इन्स्टाग्राम एकाउन्टमा सेयर गर्दै अवतारका निर्माताले आफ्नो फिल्म ‘वराङ’ को नयाँ खलनायकलाई विश्व सामु परिचय गराएका छन् ।

पोस्टरमा खलनायकको अधूरो अनुहार देखिन्छ र उनको पछाडि स्पार्क र आगो देखिन्छ। यससँगै निर्माताले फ्यानका लागि आफ्नो फिल्मको एक्सक्लुसिभ ट्रेलर पनि सार्वजनिक गर्ने घोषणा गरेका छन् । यो पोस्टर सेयर गर्दै निर्माताहरूले इन्स्टाग्रामको क्याप्शनमा लेखेका छन्, ‘अवतारः फायर एन्ड यशमा बरांगसम्म मिल्नुहोस्। यस सप्ताहन्तमा अवतार फन्टास्टिकः ४ पहिलो स्टेप सँग, अवतारः३ को ट्रेलर पनि हेर्न सक्ने हुनेछ, सामेल हुनुहोस्।’
 
अवतारः फायर एन्ड एशको रिलिज मितिको बारेमा कुरा गर्दा यो फिल्म १९ डिसेम्बर २०२५ मा क्रिसमसको अवसरमा विश्वभरका थिएटरहरूमा रिलिज हुनेछ। 

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖