काठमाडौँ । नेपाली सङ्गीत क्षेत्रका एक समयका चर्चित गायक अनिल सिंहले म्युजिक नेपाल र म्युजिक डटकमले आफूलाई मर्न बाध्य बनाएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा म्युजिक नेपाल र म्युजिक डटकमका व्यक्तिहरूसँग छलफल गरेको एक भिडियो सेयर गर्दै दुवैले आफ्नो म्युजिक करियर र सङ्गीत जीवन समेत बर्वाद पार्न लागेको आरोप समेत लगाएका हुन् ।
उनले लेखेका छन्– ‘म्युजिक नेपाल र म्युजिक डटकमले मलाई मर्न बाध्य पार्छ ।
किन मेरो करियर र सङ्गीत जीवन बर्बाद पार्दैछ ?!’ केही अघि पनि उनले इमेज च्यानल, म्युजिक नेपाल, म्युजिक डट कम र इन्द्रेणी क्यासेट सेन्टर मिलेर आफ्नो गीत बेचेको आरोप लगाएका थिए ।
