• Monday 5th of October 2026

श्रोता तथा दर्शकसँग माफी माग्दै गायक अनिल सिंहले हटाए आत्महत्या सोचको भिडियो


  • धनकुटा खबर
  • .

काठमाडौँ । गायक अनिल सिंहले आफूमा आत्महत्याको सोच आएको भनेर दिएको भिडियो हटाएका छन् । उनले आफ्ना श्रोता तथा दर्शकसँग माफी माग्दै उक्त भिडियो हटाएका हुन् ।

उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै केही दिनअघि दिएको ‘आत्महत्या गर्ने’ अभिव्यक्ति मानसिक तनाव, पीडा र निराशाको क्षणिक अभिव्यक्ति भएको स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्, ‘यो विवादका दौरान मैले अत्यन्तै भावुक अवस्थामा केही अभिव्यक्तिहरू गरेँ, जसमा आत्महत्या गर्नेसम्मको कुरा उठेको थियो । त्यो मेरो मानसिक तनाव, पीडा र निराशाको क्षणिक अभिव्यक्ति थियो ।

म यस्ता अभिव्यक्तिका लागि मेरो सम्पूर्ण दर्शक, श्रोता र शुभचिन्तकमाझ गहिरो माफी माग्दछु ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖