• Monday 5th of October 2026

फिल्म खेले बापत शुल्क, तलब नलिने यी हुन पाँच कलाकार


  • धनकुटा खबर
  • .

मुम्बई, २१ साउन । हरेक फिल्मसँगै बलिउड सेलिब्रेटीको पारिश्रमिक बढ्दै गएको छ । जसका कारण चलचित्रको बजेट पनि धेरै हुन थालेको । फिल्मले बक्स अफिसमा राम्रो कमाएमा बजेट खर्च उठछ तर फिल्म फ्लप भएमा निर्मातालाई ठूलो नोक्सान हुन्छ । कतिपय कलाकारले आफ्नो पारिश्रमिक निरन्तर बढाइरहेका छन्, बलिउडका सुपरस्टारहरू भने यसमा चिन्तित छैनन् ।
 
केही बलिउड सुपरस्टार छन, जो फिल्मको नाफा घाटासँग प्रत्यक्ष सम्बन्ध राख्छन् । बलिउडका पाँच सुपरस्टार यस्ता छन्, जसले करोडौंको पारिश्रमिकमा ध्यान दिँदैनन् । आउनुहोस् तपाईलाई यी सुपरस्टारहरुको बारेमा जानकारी गराउँछौं ।

शाहरुख खान
शाहरुख खानले फिल्मका लागि शुल्क लिदैनन्, बरु नाफामा भाग लिएर निर्मातासँग सम्झौता गर्छन् । उनका पछिल्ला तीन फिल्म पठान, जवान र डंकी सुपरहिट साबित भए। यी तीन फिल्ममा शाहरुखले पारिश्रमिक लिनुको साटो नाफाको हिस्सा लिएका थिए ।

सलमान खान
बलिउडका भाइजान सलमानको विशेष कुरा यो हो कि उनी आफ्नै फिल्म आफैं निर्माण गर्छन् । सलमान खानको आफ्नै प्रोडक्सन हाउस छ । उनले फिल्मको लागि कुनै शुल्क लिदैनन् तर स्याटेलाइट राइट्स, डिजिटल राइट्स र नाफा सेयरबाट कमाइ गर्छन् । बजरंगी भाइजानबाट सलमानले धेरै कमाइ गरेका थिए ।

आमिर खान
आमिर खानले पनि आफ्नो फिल्मका लागि कहिल्यै पारिश्रमिक लिँदैनन् । उनी सधैं फिल्मको नाफाको कुरा गर्छन्। आमिरले आफ्नो फिल्मबाट मनग्य आम्दानी गर्छन् ।

अक्षय कुमार
बलिउडका खिलाडी अक्षय कुमारको आफ्नै प्रोडक्सन हाउस छ । उनका धेरै फिल्म प्रोडक्सन हाउस अन्तर्गत नै बनेका छन् । अरु कुनै प्रोडक्सन हाउसको फिल्म गरे पनि उसले कुनै शुल्क लिदैन । उनीहरूले नाफाको प्रतिशतमा पहिले नै निर्मातासँग सम्झौता गरेर फिल्म साइन गर्छन्।

ऋतिक रोशन
ऋतिक रोशन एक अभिनेता मात्र नभई धेरै फिल्ममा सह–निर्माता पनि हुन्। जब ऋतिक प्रोडक्सन हाउससँग भेट्छन्, उनले शुल्क लिँदैनन् तर नाफा लिन्छन्। ऋतिकले कृष सिरिजका लागि कुनै शुल्क लिएका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖