• Monday 5th of October 2026

जब एक फ्यानले ७२ करोड भारुको सम्पत्ति सञ्जयको नाममा गरिदिइन्


  • धनकुटा खबर
  • .

मुम्बई । बलिउडका चर्चित कलाकार र उनका जबरदस्त प्रशंसकबिचका रोचक घटनाहरू तपाईंले धेरै सुन्नुभएको होला। आफ्नो मनपर्ने कलाकारलाई हेर्नको लागि तिनीहरूको घर बाहिर भीड लाग्ने गर्छ।

तर बलिउड सुपरस्टार सञ्जय दत्तसँग सम्बन्धित एउटा यस्तो घटना छ, जसमा उनकी एक प्रशंसकले मृत्यु हुनु अघि आफ्नी सम्पूर्ण सम्पत्ति सञ्जय दत्तको नाममा दान गरिदिएकी थिइन्। यो सम्पत्तिको मूल्य ७२ करोड भारतीय रुपैयाँभन्दा बढीको थियो। यसबारे सञ्जय दत्तले स्वयं पुष्टि गरेका थिए।

सन् २०१८ मा निशा पटेल नामकी एक महिलाको मृत्यु भएको थियो। निशा मुम्बईमा बस्ने गर्थिन् र उनको कुल सम्पत्ति ७२ करोड रुपैयाँभन्दा बढीको थियो। ६२ वर्षको उमेरमा मृत्यु हुनु अघि उनले बैंकलाई पत्र लेख्दै आफ्नो सम्पूर्ण सम्पत्ति सञ्जय दत्तको नाममा गर्ने इच्छा प्रकट गरेकी थिइन्।

सञ्जय दत्तले यो घटनालाई स्वीकार गर्दै भनेका थिए, ‘यो सही हो। मसँग यस्तो भयो। यद्यपि मैले उनको सम्पत्तिबाट केही पनि लिइनँ, तर यो कुरा थाहा पाउँदा म धेरै खुसी भएँ कि मानिसहरूले मलाई यत्तिकै माया गर्छन्।”

सञ्जय दत्तले बलिउडमा स्टारकिडको रूपमा आफ्नो करियर सुरु गरेका थिए। उनका पिता र आमा दुवै बलिउडका चर्चित कलाकार थिए।

सन् १९८१ मा उनले फिल्म ‘रकी’ बाट डेब्यू गरेका थिए, जुन बक्स अफिसमा सफल भयो र उनी स्टार बने। तर त्यसपछि उनको वास्तविक जीवनकथा सुरु भयो। उनी ड्रग्सको लतमा परे र धेरै वर्षसम्म यसबाट पीडित रहे।

सञ्जय दत्तको जीवनकथामा आधारित फिल्म संजु सन् २०१८ मा रिलिज भएको थियो, जसमा रणवीर कपूरले उनको भूमिका निभाएका थिए। राजकुमार हिरानीले निर्देशन गरेको यो फिल्म सुपरहिट भयो।

यसमा सञ्जय दत्तले ड्रग्सको लतसँग कसरी सामना गरे, जेलमा बिताएका कठिन दिनहरू र सबै बाधा पार गरेर फेरि फिल्मी दुनियाँमा फर्किएका देखाइएको छ। आज सञ्जय दत्त बलिउडका ठुला सुपरस्टारमध्ये एक मानिन्छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖