• Monday 5th of October 2026

‘भ्वाइस किड्स-४’ को उपाधि कोच मेलिना टिमकी सोनाली राजभण्डारीलाई


  • धनकुटा खबर
  • .

बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ सिजन ४ को उपाधि सोनाली राजभण्डारीले जितेकी छन्।

शनिबार राति भएको फिनालेमा कोच मेलिना टिमकी उनले उपाधि जितेकी हुन्। भोटका आधारमा उपाधि विजेता घोषणा गरिएको हो।

विजेता बनेसँगै सोनालीले १० लाख रूपैयाँ नगद र अन्य पुरस्कार जितेकी छन्।

उपाधिका लागि हरेक कोचको टिमबाट २/२ जना गरेर ८ जनाले फिनाले प्रतिस्पर्धा गरेका थिए। ‘द भ्वाइस किड्स’ मा यस पटक सत्यराज आचार्य, मिलन नेवार, खेम सेञ्चुरी र मेलिना राई कोच थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖