• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

राहुल गान्धी पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । संसददेखि निर्वाचन आयोगको कार्यालयसम्म मार्च गरिरहेका भारतका विपक्षी सांसदहरूलाई दिल्ली प्रहरीले हिरासतमा लिएको छ। यो मार्चको नेतृत्व लोकसभाका विपक्षी नेता राहुल गान्धीले गरेका थिए।

पक्राउ पर्नेमा राहुल गान्धीसहित धेरै सांसदहरू छन् । यसअघि यातायात भवन नजिकै प्रहरीले अवरोध गर्दा रोकिएपछि सबै सांसद धर्नामा बसेर नाराबाजी गर्न थालेका थिए।

हिरासतमा लिएपछि राहुल गान्धीले भने , “वास्तवमा हामी बोल्न सक्दैनौं, यो सत्य हो। यो लडाई राजनीतिक होइन। यो संविधान बचाउने लडाई हो। यो एक व्यक्ति एक मतको लडाई हो। त्यसैले हामी स्वच्छ मतदाता सूची चाहन्छौं।”

विरोध र्‍यालीमा राहुल गान्धी, प्रियंका गान्धी, डिम्पल यादव, महुआ माजी, सञ्जय राउत, रणदीप सुरजेवाला र केसी वेणुगोपाललगायत धेरै विपक्षी सांसदहरू सहभागी थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖