• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकाको मोन्टाना विमानस्थलमा साना दुई विमान ठोक्किए, पाइलट र यात्रु सकुशल


  • धनकुटा खबर
  • .

काठमाडौँ । अमेरिकाको मोन्टाना विमानस्थलमा अवतरण गर्ने क्रममा यहाँ पार्क गरिएको विमानसँग सानो विमान ठोक्किएको छ । यसले गर्दा विमानमा ठूलो आगो लागेको थियो । आगलागीपछि आकाशमा धुवाँको मुस्लो देखिएको थियो ।

आगलागीको सूचना पाएपछि पुगेको टोलीले उद्धार कार्यलाई तीव्र बनायो र यद्यपि, विमानमा सवार कुनै पनि व्यक्ति गम्भीर घाइते भएको बताइएको छ ।रिपोर्टका अनुसार सोकाटा टीबीएम ७०० टर्बोप्रप विमान जमिनमा पार्क गरिएको खाली विमानसँग ठोक्किएको थियो ।

त्यसपछि आगो घाँसे क्षेत्रमा फैलियो र कालो धुवाँ निस्किएको थियो । मोन्टाना विमानस्थल कालिस्पेल शहरको दक्षिणी भागमा अवस्थित छ । विमानमा आगो लागेपछि पाइलट र विमानमा रहेका तीन यात्रु आफैं बाहिर निस्कन सफल भएको बताइएको छ ।

घटनामा दुई यात्रु थोरै घाइते भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖